Aamsanchar

पश्चिमी वायुको प्रभावले देशैभर वर्षा

Author Image
सोमवार, वैशाख १८, २०७४

काठमाडौँ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई सोमबार देशभर बर्सात भएको छ । उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

“आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्वतिर गइरहेको छ, बुधबारदेखि मौसममा सुधार आउनेछ,”–उहाँले भन्नुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम र मध्यपश्चिममा मौसम सफा रहनेछ, भने काठमाडौँ उपत्यकालगायत मध्य र पूर्वी भेगमा बेलुकीबाट क्रमिकः सुधार आउनेछ ।

पूर्वी नेपालमा भने मङ्गलबार पनि यसको असर रहनेछ । ती क्षेत्रमा दिउँसो मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । यो प्रणाली तीन÷चार दिनदेखि रहे पनि आइतबारदेखि यसको असर नेपालमा परेको हो ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा १८, दाङमा १४, विराटनगरमा १० र काठमाडौँमा चार मिलिमिटर बर्सात भएको छ । अहिले काठमाडौँ उपत्यकाको तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

मौसमको वेबसाइट नै बिग्रियो

मुलुकको मौसमबारे जानकारी दिने निकाय मौसम पूर्वानुमान महाशाखाको वेबसाइट नै विगत केही दिनयता सञ्चालनमा छैन । सर्भरमा समस्या आएपछि चार दिनदेखि वेबसाइट नचलेको महाशाखाले जनाएको छ ।

महाशाखाको वेबसाइट जततउस्ररधधध।mाम।नयख।लउरधभबतजभचर मा तीन दिनसम्मको मौसम पूर्वानुमान विवरण राखिने गरिन्थ्यो थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१