बिर्तामोड।

झापाको मेचीनगर नगरपालिका – ६ बाट मानव खप्परसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको दार्जिलिङ जिल्ला खोरीवारी थाना गौरसिंहजोर– ६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्पर सहित सोमवार राति पक्राउ परेका हुन् ।

पूर्वी नाका काँकरभिट्टा भएर नेपाल तर्फ आउँदै गरेका उनलाई चेक जाँचका क्रममा इलाका प्रहरी कार्यालय काकँडभिट्टा र शसस्त्र प्रहरीबलको संयुक्त टोलीले पक्रउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मानव खप्पर सहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 155

