Aamsanchar

मोटरसाइकल आपसमा ठोक्किएर एकको मृत्यु

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड ।

झापाको मेचीनगर नगरपालिकामा – १२ मा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दुवागढी निवासी श्यामकुमार भट्टराई रहेका छन् । मेची राजमार्गको सरेगाडी भन्ने स्थानमा मे ५ प १६३४ नम्बरको मोटरसाइकल र मे २ प ८११९ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका थिए ।

दुई मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मे ५ प १६३४ नम्बरका मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा सोमवार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परी अर्का मोटरसाइकल चालक शान्तिनगर – १ बर्ने निवासी लक्ष्मी बर्देवा र सोही मोटरसाइकलको पछाडि सवार जीतेन्द्र लिम्बू गम्भीर घाईते भएको बताइएको छ । उनीहरुको वीएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर