Aamsanchar

बुद्धजयन्ती समारोह समिति गठन

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौँ।

यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको छ ।
समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध तथा विहार शङ्गार, धर्मदेशना, अस्थिधातु प्रदर्शन, खाद्य व्यवस्थापन, अर्थ सङ्कलन, जलपान व्यवस्था, स्वयंसेवक परिचालन र संयुक्त राष्ट्र सङ्घ परिसर बुद्ध जयन्ती कार्यक्रम सञ्चालन उपसमिति गठन गरिएको छ ।
बुद्धजयन्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नका लागि जेबीपात्रो प्रकाशन, रक्तदान, बौद्ध कविगोष्ठीसमेत सञ्चालन गरिने छ ।
शाक्यमुनि गौतम बुद्धको जन्म, सम्बोधिलाभ (ज्ञान प्राप्त) तथा महापरिनिर्वाण (निधन) प्राप्त भएको दिनका रुपमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बौद्ध धर्मावलम्बीले बुद्धजयन्ती मनाउने गर्छन् ।
स्वयम्भूस्थित आनन्दकुटी विहारमा भूकम्पका कारण क्षति पुगेपछि अहिले मर्मतका क्रममा छ । सोही परिसरभित्र विभिन्न गतिविधिका साथ बुद्धजयन्ती मनाइने छ । नवगठित समितिका संयोजक धर्ममूर्तिले बुद्धजयन्तीका दिन विहारमा आउने भक्तजनलाई सहज दशर्नका लागि आवश्यक सुविधा उपलब्ध गराइने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर