Aamsanchar

तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा निलडेबिड चयन

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड।

चर्चित हेयर स्टाइलिस्ट निलडेबिड कटुवाल नेपाल तेक्वान्दो संघको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा चयन भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्यमा झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका कटुवाललाई चयन गरिएको नेपाल पारा तेक्वान्दो समितिका अध्यक्ष प्रकाश शमशेर राणाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा नेपाल तेक्वान्दो संघले आयोजना गरेको ‘अनाथ बालबालिकालाई तेक्वान्दो प्रशिक्षण’ उद्घाटन कार्यक्रममा कटुवाललाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले कटुवाललाई प्रमाणपत्र प्रदान गरेका थिए ।
अनाथ बालबालिकालाई तेक्वान्दो खेलको माध्यमबाट आत्मबल बढाउन आफ्नो सहयोग रहने कटुवालले बताए । खेलकुदमा आफ्नो पहिलेदेखिकै रुची भएकाले नेपाल पारा तेक्वान्दो समितिको केन्द्रीय सदस्य भएपछि खेल क्षेत्रको विकास गर्न आफू उत्साहित भएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर