Aamsanchar

मृगौला पीडित मजदुरलाई आर्थिक सहयोग

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड।

नेपाल टे«ड युनियन महासंघ जिफन्ट प्रदेश नं. १ संगठन कमिटीले १२८औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मृगौला पीडित मजदुरलाई आर्थिक सहयोग गरेको छ ।

प्रदेश नं. १ का सदस्य सन्तकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका–७ का मृगौला पीडित बुद्ध तामाङलाई जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार खर्चवापत ४० हजार रुपैयाँ प्रदान गरेको हो ।

कार्यक्रममा जिफन्त राष्ट्रिय कमिटी सदस्य सुकमति देवान, क्युपेक नेपालका केन्द्रीय सचिव अम्बिरकुमार लिङ्देन, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ फापुन राष्ट्रिय प्रतिनिधि परिषद् उपप्रमुख भरत राई, नेकपा एमाले क्षेत्रीय सचिव राजेन्द्र लिङ्देन, बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईं, सचिव नगेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आसन्न स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट बिर्तामोड नगरका वडा नं. १, २, ३, ४, ५ र ६ का वडाध्यक्ष र परिषद् सदस्यका उम्मेदवारहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकी केन्द्रीय महिला सचिव विमला विकले स्वागत गरेको कार्यक्रमको सञ्चालन जिफन्ट प्रदेश नं. १ का संगठन कमिटीका सदस्य शान्तिराम गौतमले गरेका थिए । त्यसैगरी जिफन्टको आयोजनामा पृथ्वीनगर, शिवसताक्षी र बुद्धशान्तिको बर्नेमा मजदुर दिवस मनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)