Aamsanchar

आठराईमा ११ केभी केन्द्रिय विद्युत लाईन विस्तार हुदै 

Author Image
बुधवार, वैशाख २०, २०७४

तेह्रथुम ।

तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पुर् याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ ।

तेह्रथुमको जिरीखिम्ती सवस्टेसन हुदै मिन्छायेम गाउँपालिकाको मोराहाङ फिडरबाट ११ केभी विद्युत तत्कालै आठराईमा विस्तार हुने नेपाल विद्युत प्राधिकरण तेह्रथुम वितरणक्ष केन्द्रका प्रमुख दिपक दाहालले जानकारी दिनु भयो ।

यही बैशाख भित्रमा विद्युत लाईन विस्तार गरि बत्ति बाल्नको लागि प्राविधिकको सहयोगमा स्थानीय स्तरबाट तिब्ररुपमा काम भईरहेको विद्युत विस्तारका स्थानीय अगुवा दिपेश सिटौलाले जानकारी दिनु भयो । नेपाल विद्युत प्राधिकरणको सहयोग र स्थानीय बासीको श्रमदानमा विस्तारको काम भईरहेको स्थनीय अगुवा सिटौलाले बताउनु भयो ।

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार विद्युत पुगेपछि क्रमिकरुपमा सबैतिर विद्युत विस्तार हुने तेह्रथुम वितरण केन्द्रका प्रमुख दाहालले बताउनु भयो । आठराई गाउँपालिकाका सबै वडाहरुमा विद्युत विस्तार गर्न सवस्टेसन निर्माणको लागि तार टाङ्गने काम भईरहेको बताईएको छ ।

अहिले आठराईमा विद्युत नहुदाँ स्थानीयले सोलार प्रविधिबाट विद्युतीय समस्या टार्दै आएका छन् । संक्रान्तिबजारमा स्थापित दर्जन बढी सरकारी तथा गैर सरकारी कार्यालय, बैक तथा वित्तिय सस्थाहरुले पनि सोलार प्रविधिबाटै सेवा प्रवाह गरि रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)