Aamsanchar

बैरागीको परिवारलाई कर्जा बीमा रकम प्रदान

Author Image
बुधवार, वैशाख २०, २०७४

बिर्तामोड।

एक महिनाअघि सवारी दुर्घटनामा परी ज्यान गुमाएकी झापा बिर्तामोड–७ कि मीनाकुमारी श्रेष्ठ बैरागीको परिवारलाई कर्जा बीमा रकम प्रदान गरिएको छ ।
बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले संस्थाकी सेयर सदस्य श्रेष्ठको परिवारलाई म्याटलाइफ इन्स्योरेन्सबाट प्राप्त कर्जा बीमा रकम १ लाख ५ हजार रुपैयाँ प्रदान गरेको हो ।
संस्थाका अध्यक्ष दीपेन्द्र राउत, सिइओ हिमालय प्रसाईं र व्यवस्थापक लीलानाथ रेग्मीले मृतक श्रेष्ठका श्रीमान् राजुप्रसाद श्रेष्ठलाई कर्जा बीमा रकमवापत १ लाख ५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
शिखर सहकारीबाट कर्जा लिएका ऋणीहरुको लागि म्याटलाइफ इन्स्योरेन्सको सहकार्यमा कर्जा बीमा गरिने र विभिन्न दुर्घटनामा परी अकालमा ज्यान गुमाउने ऋणीहरुलाई कर्जा बीमा रकम प्रदान गरिने संस्थाका व्यवस्थापक रेग्मीले बताए । शिखर सहकारीबाट ३५ हजार रुपैयाँ ऋण लिएकी श्रेष्ठको सवारी दुर्घटनामा परी ज्यान गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर