Aamsanchar

चिह्न नभएर स्वतन्त्र उम्मेदवारलाई प्रचार गर्न अप्ठेरो

Author Image
बुधवार, वैशाख २०, २०७४

काठमाडौँ ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनाव चिह्नको अभावमा प्रचारप्रसार गर्न नपाएको गुनासो गरेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट उम्मेदवारहरुले चुनाव चिह्न पाएर प्रचारप्रसार गर्न थाले पनि स्वतन्त्रतर्फका उम्मेदवारले भने चुनाव चिह्न नपाएपछि खुलेर प्रचारप्रसार गर्न नपाएका हुन् ।

निर्वाचन आयोगले उनीहरुलाई शुक्रवार चुनाव चिह्न शुक्रबार दिने भनेको छ । प्रचार गर्न ढिला भइसकेकाले अहिले चुनाव प्रचारमा के चिह्न लिएर जाने भन्नेमा उनीहरुलाई सङ्कट भइरहेको छ । उनीहरुले प्रचारप्रसारका लागि सामग्री समेत बनाउन पाएका छैनन् ।

काठमाडौँ महानगरका प्रमुख पदका स्वतन्त्रतर्फका उम्मेदवार अमोत महर्जनले चुनाव चिह्न नहँुदा भोट माग्ने आधार नभएर प्रचारप्रसार गर्न नसकिएको गुनासो गर्नुभयो ।

महानगरबाटै उपप्रमुख पदका स्वतन्त्रतर्फका उम्मेदवार जेनिशा भट्टराईले चुनाव चिह्न नपाएर प्रचारमा जान नसकेको उस्तै खालको जवाफ दिनुभयो । “अहिले उपप्रमुखको उम्मेदवारमा बनेको छु भनेर प्रचार त गरेको छु” उहाँले भन्नुभयो– “उम्मेदवार मनोनयनसँगै चुनाव चिह्न पाएको भए प्रचार गर्न सजिलो हुने थियो ।”

संसद्मा भएका २६ दललाई मात्र निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । नयाँ दर्ता भएका पार्टीलाई पनि आयोगले स्वतन्त्र चुनाव चिह्न दिन थालेको छ । साझा पार्टी, विवेकशील नेपाली दललगायत पार्टीले पनि स्वतन्त्रतर्फबाट उम्मेदवार दिएका छन् । आयोगले बिहीबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र शुक्रबार स्वतन्त्रतर्फका उम्मेदवारलाई चुनाव चिह्न दिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)