Aamsanchar

विद्यालयलाई सात दिन बिदा दिने व्यवस्था मिलाउन आयोगको अनुरोध

Author Image
बुधवार, वैशाख २०, २०७४

काठमाडौँ ।

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने प्रदेशका विद्यालयलाई यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले पहिलो चरणको निर्वाचनलाई दृष्टिगत गरी प्रदेश नं ३, ४ र ६ का सबै विद्यालयलाई सात दिन र मतदान हुने वैशाख ३१ गतेका दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनको अधिकांश मतदानस्थल र मतदान केन्द्र विद्यालयमै कायम गरिएकाले निर्वाचनको तयारीका सिलसिलामा विद्यालयको पठनपाठन सात दिन रोक्नु परेको हो ।

बीस वर्षपछि स्थानीय सरकार गठनका लागि हुन लागेको स्थानीय तहको निर्वाचनको महाअभियानलाई सफल तुल्याउन सबै क्षेत्र, तह र तप्काबाट सहयोग हुने आयोगले विश्वास लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)