Aamsanchar

पाँचथरमा पहिलो पटक शान्ति पदयात्रा

Author Image
बिहिवार, वैशाख २१, २०७४

पाँचथर ।

द्वन्द्वकालमा मारिएका व्यक्तिको सम्झनामा पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ स्थित मेहेलबोटेमा पहिलो पटक शान्ति पदयात्रा गरिएको छ ।

स्थानीय शान्ति समिति पाँचथरको आयोजनामा बुधबार गरिएको पदयात्रामा द्वन्द्वकालमा राज्य र गैरराज्य पक्षको दोहोरो भिडन्तमा परी मारिएको स्थानआसपास तीन किमी पदयात्रा गरिएको थियो । गत २०६० साल भदौ ९ गते बेलुका तत्कालीन शाही नेपाली सेनाको आक्रमणमा परेर स्थानीयवासी दुर्गा घिमिरेको घरमा ६ जना र देउमान तामाङको घरमा दुई गरेर आठजनाको मृत्यु भएको स्थानीयवासी बताउँछन् ।

भिडन्तमा परेका ती परिवारले भने राज्यका तर्फबाट कुनै क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । द्वन्द्वपीडितले भने अहिले पनि राज्यबाट अपेक्षा गरेअनुरुपको कुनै राहत नपाएको गुनासो गरेका छन् ।

पदयात्रामा जिल्लाका राजनीतिक दल, स्थानीय शान्ति समितिका सदस्य तथा स्थानीय र सञ्चारकर्मी लगायतको सहभागिता थियो । अब फिदिम नगरपालिका–१३ स्थित लुङरुपामा वैशाख २३ गते र हिलिहाङ गाउँपालिकाको गोपेटारमा वैशाख २७ गते पदयात्रा गरिने स्थानीयवासी शान्ति समिति संयोजक नरेन्द्र दुलालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर