मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका-७ बस्ने ३५ बर्षिय दिलिप राईको बुधाबर करेन्ट लागेर ज्यान गएको छ।

सुन्दरहरैचा नगरपालिका-३ बस्ने सुकमाँया तामाङको निर्माणाधिन घरमा पानी पटाउने क्रममा राईलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भिर घाइते भएका उनको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

मृतकको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखीएको छ भने घटनाबरे अनुसन्धान भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

Views: 134

