तेह्रथुम ।
श्रृजना र आय आर्जनमूलक कार्यमा अविबृद्धि गर्न तेह्रथुमका दलित युवहरुलाई २ लाख २५ हजार बराबर सिलाई मेसिन वितरण गरिएको छ ।
दलित समुदायलाई सिप विकासको लागि तीन महिने निःशुल्क सिलाई कटाई तालिम दिइ कपाडा सिउने १६ थान मिसिन वितरण गरिएको हो । आठराई गाउँपालिकाका विभिन्न क्षेत्रका रहेका ३० जना युवाहरुले संक्रान्तिबजारमा सिलाई कटाई सम्बन्धी तालिम लिएका छन् ।
नेपाल सरकार स्थित संङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको उपेक्षित उत्पीडित र दलित उत्थान विकास समितिको आयोजनामा संचालित तालिम समापन समारोहमा १६ जनालाई मिसिन वितरण गरिएको तालिमका सहजकर्ता मिलन नेपालीले जानकारी दिनु भयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 162