Aamsanchar

माइतीघर मण्डलमा बुद्ध पूजा

Author Image
बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ ।

यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्तीका उपलक्ष्यमा बुद्धका उपदेशलाई चिरस्थायी बनाई सर्वसाधारणमा पु¥याउने उद्देश्यले ‘बुद्ध पूजा तथा प्रवचन’ गरिएको छ ।

बुद्धजयन्ती मूल समारोह समितिले माइतीघर मण्डलमा आज आयोजना गरेको सो कार्यक्रममा बौद्ध धर्मावलम्बीले दीक्षासमेत लिएका छन् । भिक्षु सोभितले शाक्यमुनि बुद्धको जन्मस्थल नेपाल भए पनि यहाँ बौद्ध शिक्षाको उपयोग हुन नसकेको बताउँदै बौद्ध उपदेशको महत्वलाई बढाउन सबै धर्मावलम्बीको सहयोग र समन्वयको आवश्यकतामा जोड दिनुभयो ।
बौद्ध अनुयायी सदाचारी गुरुमाले सभ्य समाज निर्माणका लागि बौद्ध दर्शन तथा साहित्यमा रहेका शान्ति र अहिंसाका शिक्षाले विश्वमा सकारात्मक सन्देश प्रवाह गरेको विचार व्यक्त गर्नुभयो ।

समितिका सदस्य धर्म रञ्जितले समाजमा बढ्दै गएको अराजकता तथा अपराधीकरण न्यूनीकरणका लागि नैतिक शिक्षाको खाँचो औँल्याउनुभयो । यस वर्ष यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ । सो अवसरमा सप्ताहव्यापी रुपमा कविगोष्ठी, वक्तृृत्वकला, चित्रकला, प्रवचनलगायत कार्यक्रम भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर