Aamsanchar

जबरजस्ती करणी मुद्धाका फरार दुई पक्राउ

Author Image
बिहिवार, वैशाख २१, २०७४

झापा।

अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार भएका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तरगत प्रहरीले झापाबाट जबरजस्ती करणी मुद्धाका थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दमक नगरपालिका-५ बेलडाँगी बस्ने २३ बर्षिय अर्जुन सुब्बा र चकचकी-७ बस्ने ४० बर्षिय काली बहादुर सार्की रहेका छन्।

अर्जुनलाई प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो भने कालीबहादुरलाई प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। उनीहरु उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर