Aamsanchar

शिक्षाशास्त्र स्नातक तह प्रथमको परीक्षाफल प्रकाशित

Author Image
शुक्रवार, वैशाख २२, २०७४

काठमाडौं ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७३ भदौमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फ तीनवर्षीय स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल बिहीबार  प्रकाशन गरेको छ ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमांक ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई वर्षका लागि निष्काशन गरिएको छ ।

परीक्षाफल नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर