Aamsanchar

अपाङ्गलाई राजवंशी मिडिया हाउसको सहयोग

Author Image
शनिवार, वैशाख २३, २०७४

बिर्तामोड।

राजवंशी मिडिया हाउस झापाले कनकाई नगरपालिका लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयका अपाङ्गा विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
शनिबार सिरुवा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयको सुस्तश्रवण क्षमताका विद्यार्थीलाई राजवंशी मिडिया हाउसका अध्यक्ष मनोरथ राजवंशीले खेलकुद सामग्री तथा नगद १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । विद्यालयका स्रोत शिक्षक हरिप्रसाद अधिकारीलाई राजवंशीले १५ हजार रुपैयाँ बराबरको सामग्रीहितको नगद प्रदान गरेको बताइएको छ।
उक्त अवसरमा मुर्छना क्लासिक ब्याण्ड बिर्तामोडले विविध सांगीतिक र सांस्कृतिक प्रस्तुति गरेको थियो । अपाङ्गलाई सहयोग तथा राजवंशी कला संस्कृति संरक्षण सम्बद्र्धनमा टेवा पु¥याउन राजवंशी मिडिया हाउसले सिरुवा पावनीका अवसरमा अभियान सञ्चालन गरेको थियो । अभियानको क्रममा संकलित रकम हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजवंशी धर्म–संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशीले गरेका थिए ।  कार्यक्रममा साहित्यकार तथा पत्रकार केशव आचार्य, समाजसेवी देवी संग्रौला लगायतले सेवा भावना र भाषा संस्कृति संरक्षण सम्बद्र्धनमा राजवंशी मिडिया हाउसले रचनात्मक कार्यक्रम गरेको भनी प्रशंसा गरे ।
कार्यक्रमका अध्यक्ष मनोरथले अभियानको औचित्यसहित स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन किरण राजवंशीले गरेकी थिइन् । कार्यक्रमका लागि राजगढको लिटल स्टार अंग्रेजी स्कूल, कनकाई घैलाडुब्बा अरुणोदय, चकचकीको नमूना अंग्रेजी स्कूल तथा प्रेम होटल बिर्ताकोडका सञ्चालक सुरेन राजवंशीले सहयोग पु¥याएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर