Aamsanchar

चट्याङ लागेर पाँचजना घाइते

Author Image
आइतवार, वैशाख २४, २०७४

पाँचथर,

यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् ।

जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

चट्याङको झड्काले धनमायाको तीनवटा सुँगुरका पाठासमेत मरेका छन् । सोही समयमा घाइते हुनेमा आफ्नै घरमा बसिरहेका २७ वर्षीय भद्र दुलाल, २५ वर्षीय प्रदीप राई, ३३ वर्षीया जमुना राई र उनका छोरा छ वर्षीय केरवीर राई रहेका छन् ।

उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । चट्याङको झट्का लागी भद्र दुलालको एउटा भैँसी मरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर