Aamsanchar

शिक्षकद्वारा विद्यालयमै छात्रामाथि अनैतिक कार्य !

Author Image
सोमवार, वैशाख २५, २०७४

घैलाडुब्बा।

छात्रामाथि अनैतिक कार्य गरेको भन्दै झापाको कनकाई नगरपालिकामा रहेको एक विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आइतवार निलम्वनका लागि जिल्ला शिक्षा कार्यालय झापालाई सिफारिस गरेको छ ।
कनकाई नगरपालिका–९स्थित घैलाडुब्बामा रहेको आदर्श विद्या मन्दिर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोला ढुंगेलले कक्षा ६मा अध्ययनरत् छात्राहरुलाई अनैतिक कार्य गरेको भन्दै अभिभावकले विद्यालय प्रशासनमा उजुरी गरेपछि विद्यालय व्यवस्थापन समितिको आकस्मिक वैठकले ढुंगेललाई निलम्वनको सिफारिस गरेको हो । अंग्रेजी विषय पढाउँदा विद्यार्थीको संवेदनशील अंगमा छुने, सुम्सुम्याउने, चिमोट्ने दिने लगायतका अनैतिक क्रियाकलाप गरेपछि छात्राले महिला शिक्षकलाई खबर गरे लगत्तै घटना सार्वजनिक भएको थियो । गत २१ गते अंग्रेजी विषय पढाउँदा–पढाउँदै कक्षा ६मा अध्ययनरत् एक छात्राको संवेदनशील अंगमा निमोठेर घाउ बनाइदिएको भन्दै विद्यार्थीले भनेपछि घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएलगत्तै आइतवार विद्यालय प्रशासनले आकस्मिक बैठक बोलाएर दुई दिनका लागि विद्यालय समेत बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक योन्देन सुनुवारले बताए ।
उनले भने– ‘छात्रामाथि शिक्षकले अनैतिक क्रियाकलाप गरेको घटना सार्वजनिक भए लगत्तै अभिभावकले विद्यालय घेराउ गर्दै उनीमाथि कारवाहीको माग गरेकाले हामीले दुई दिनका लागि विद्यालय बन्द गरेका हौं ।’
विद्यालयको वातावरण असहज भयो– उनले भने– ‘विद्यालयमा कुनै पनि अप्रिय घटना नघटोस् भनेर विद्यालय बन्द गरेका हौं ।’
यता छात्रामाथि अनैतिक क्रियाकलाप गर्ने शिक्षक फरार रहेकाले उनलाई विद्यालयमा झिकाएर कानूनी कारवाही गरिनुपर्ने माग गर्दै अभिभावकले विद्यालयमा तालावन्दी गरेका थिए । सयको संख्यामा विद्यालय पुगेका अभिभावकले विद्यालयको मूल गेट र प्रधानाध्यापकको कार्यकक्षामा तालाबन्दी गरेका थिए ।
शिक्षक ढुङ्गेलले विगत लामो समयदेखि कक्षा ५ र ६का छात्रालाई अनैतिक क्रियाकलाप गर्ने गरेको विद्यालय प्रशासनमा उजुरी परेको प्रधानाध्यापक सुनुवारले बताए ।
यता अभिभावकले शिक्षकमाथि कानूनी कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घैलाडुब्बामा निवेदन समेत दिएको प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर