काठमाडौं, बैशाख २५– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सरकारमा जाने निश्चित भएको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिअनुसार गच्छदारले उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने छन् ।
यसको साथै पार्टीले संस्कृति तथा पर्यटन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि पाउने भएको छ ।
यसमा को जाने भन्ने टुंगो लागेको छैन । तीनवटै मन्त्रालय यसअघि राप्रपाले पाएको थियो ।
गच्छदारको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजेको लागि तय गरिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150