Aamsanchar

मोरङ व्यापार सङ्घमा सारडा समुहको बहुमत

Author Image
सोमवार, वैशाख २५, २०७४

मोरङ।

मोरङ व्यापार सङ्घको ३१ औँ कार्य समितिको लागि आइतबार सम्पन्न निर्वाचनमा पवनसारडा पक्षले बहुमत हासिल गरेको छ ।

गए राति सम्पन्न मतगणनाअनुसार सारडा समूहबाट उद्योगतर्फबाट अनुपम राठी, (५८९) पवनकुमार सारडा (३५६) अनिल सारडा (३५०) दिपेश सुवेदी (३५०) पवन राठी (३४२) देवासीस गोल्छा (३३८) सुनिलकुमार टिवडेवाल (३३७) ललीतकुमार बोहोरा ( ३२६) मत ल्याई कार्यकारी सदस्यमा विजयी हुनु भएको छ ।

त्यसैगरी उद्योगी एव्म वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत पक्षका बहुसङ्ख्यक उम्मेदवार पराजित हुनुभएको छ ।

पवन सारडा व्यापार सङ्घको पूर्व अध्यक्ष हुनुहुन्छ । हाल विजयकुमार गच्छदार नेतृत्वको नेपाल फोरम लोकतान्त्रिकका तर्फका सांसद हुनुहुन्छ । मोरङ व्यापार सङ्घका निर्वाचन अधिकृत अधिवक्ता भरत थापाका अनुसार व्यापार सङ्घको सदस्यमा निर्वाचित प्रतिनिधिले अध्यक्ष, उपाध्यक्ष र महासचिव छान्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)