संखुवासभा,
कोसी राजमार्ग अन्र्तगत पर्नेे संखुवासभाको चैनपुर पिलुवा सडक खण्डमा असिना र पानीले सडकको केही भाग बगाएको छ ।
सोमबार मार्से खोल्सा र खहरे खोल्सामा आएको बाढीले ११ किलोमिटर सडक खण्डको ठाउँठाउँमा सडक बगाएको हो । असिनासँगै ठूलो बर्षा भएपछि बाढी आएको थियो । ठेकेदार कम्पनी डिएस पृथ्वी जेभीका प्रतिनिधि मोहन दाहालका अनुसार ११ किलोमिटर क्षेत्रमा बाढीले सडकको ग्राभेल र सवबेस बगाएको छ । उहाँका अनुसार सडकमा राखिएको ह्वीम पाईप र ग्याविन जाली वाल बगाएपछि सडक हिलाम्मे भएको छ ।
बाढीले ढुंगा बगाएर ल्याएपछि ३ घण्टा यातायात अवरुद्ध भएको थियो । प्रहरी र सशस्त्र प्रहरीले ढुंगा र पहिरो हटाएपछि यातायात सहज भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147