Aamsanchar

पत्रकार उपचार कोषलाई वीरबहादुरको २१ हजार

Author Image
मङ्गलवार, वैशाख २६, २०७४

बिर्तामोड।


बिर्तामोडस्थित गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक वीरबहादुर दर्नालले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
दर्नालले मंगलबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सचिव केशव भट्टराईलाई संयुक्तरुपमा प्रदान गरे ।  नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिएको छ ।

कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी रहेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए ।  दर्नाल आसन्न स्थानीय निर्वाचनका लागि बिर्तामोड–५ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत हुन् ।

पत्रकार महासंघका सदस्य समेत रहेका दर्नाल ऐक्यबद्धता मासिक र आगन एफएममा आबद्ध रहेको कोषका सचिव भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर