Aamsanchar

नेतृत्व विकास अभिमुखीकरण तालिम

Author Image
बुधवार, वैशाख २७, २०७४

गौरीगञ्ज,


नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको आयोजनामा बुधबार झापाको गौरीगञ्जमा आज एक दिने सञ्चार तथा नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका अगुवा कार्यकर्ताहरुलाई सञ्चारसहित नेतृत्व विकास अभिमुखीकरण दिने उद्देश्यले आयोजित तालिममा ८० जना बढी सहभागि रहेका थिए ।
गाविसको सभाहलमा सञ्चालित तालिममा प्रेस युनियनका झापा जिल्ला सचि तथा सप्तरङ्गी एफ.एम.का प्रवन्ध निर्देशक गिरीराज भट्टराई र झापा पोष्ट दैनिकका कार्यकारी सम्पादक विष्णु सुब्बाले तालिमको विषयमा सहजीकरण गर्नुभएको थियो ।

भट्टराईले सञ्चार, उद्घोषण, भाषण कला लगायत नेतृत्व विकास सम्बन्धी आधारभूत विषयमा सहजीकरण गर्नुभएको थियो भने सुब्बाले पत्रकार सम्मेलनका उद्देश्य, प्रेस विज्ञप्ती कसरी लेख्ने विषयमा सहजीकरण गर्नुभएको थियो । सांसद महेन्द्रकुमारी सुब्बाको सांसद विकास कोष कार्यक्रमको सहयोगमा भएको सो तालिम समापनमा सहभागी वक्ताहरुले पार्टी नेतृत्वको क्षमता विकास गर्न सकिए मात्र पार्टी बलियो हुने जोड दिएका थिए ।

कांग्रेस महासमिति सदस्य घनश्याम रिजालले नेतृत्वको विकास प्रविधि अनुसार रुपान्तरण हुन सके त्यसले पार्टी संगठनलाई फाइदा पुग्ने बताउनुभयो । कांग्रेस क्षेत्रीय सभापति तथा महासमिति सदस्य रोहित शाह, कांग्रेस नेतृ फूलवती राजवंशीले पार्टी नेतृत्व सक्षम बन्नका लागि यस्ता तालिम आवश्यक भएको चर्चा गर्नुभएको थियो ।
त्यस अवसरमा पार्टीका जिल्ला सदस्य कार्तिकलाल राजवंशी, कांग्रेस गौरीगञ्ज गाँउपालिकाका संयोजक राजेन्द्र कार्की, महाभारा गाविसका पूर्व गाविस अध्यक्ष विजय अग्रवाल, मुनलाईट बोर्डङ स्कुलका प्रिन्सीपल कमलेश्वर राजवंशी, ज्ञानोदय बोर्डिङका प्रिन्सीपल दिपेन्द्र थापा, झापा उद्योग वाणिज्य संघ गौरीगञ्ज शाखा अध्यक्ष मखना महतो तथा सहभागिका तर्फबाट महिला संघ गौरीगञ्जकी सभपाति हेमा आचार्य, दुर्गाप्रसाद ताजपुरियालगायतले आ–आफनो विचार राख्नुभएको थियो । कांग्रेस गौरीगञ्ज गाँउपालिकाको संयोजनमा सम्पन्न सो तालिम कार्यक्रमको सञ्चालन पत्रकार आत्माराज राजवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य यूनियनका क्षेत्रीय उपसभापति बेणुप्रसाद अधिकारीले राख्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर