Aamsanchar

नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

Author Image
बिहिवार, वैशाख २८, २०७४

पाँचथर।

आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको फिदिम नगरपालिका–२ स्थित रमितेडाँडामा भ्यू टावर निर्माण गरिने भएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गले छोएका दश नमुना सहरमध्ये सदरमुकाम फिदिम पनि एक भएकाले गुरुयोजना बनाएर नयाँ सहरको कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो ।

भ्यू टावरको निर्माण कार्य यस आर्थिक वर्ष २०७३÷७४ बाट सुरु हुने नयाँ सहर कार्यालयका कार्यालय प्रमुख दिनेश पोटेले जानकारी दिनुभयो । यस वर्ष भ्यू टावर निर्माणका लागि रु १४ लाखसमेत विनियोजन भइसकेको उहाँले बताउनुभयो ।

भ्यू टावर निर्माण हुनेभएपछि स्थानीयवासीले ६ रोपनी जग्गासमेत रजिस्ट्रेसन पास गरिदिइसकेका छन् । यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा, पाँचथरका विभिन्न स्थान, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भारत र चीनका सिमानासमेत दृश्यावलोकन गर्न सकिने स्थानीयवासी सुकपाल तुम्वापोले बताउनुभयो ।

यस ठाउँमा भ्यू टावर निर्माण भएपछि पूर्वका विभिन्न ठाउँबाट तथा बाह्य पर्यटकसमेत आउने अर्का स्थानीयवासी सन्तोष श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१