धनकुटा।

धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन्। विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

Views: 123

