Aamsanchar

पत्रकारलाई आचारसंहिता पालानामा ध्यान दिन आग्रह

Author Image
बिहिवार, वैशाख २८, २०७४

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचार सम्प्रेषण नगर्न÷नगराउन सम्पूर्ण पत्रकारलाई आग्रह गरेको छ ।

“पत्रकार र निर्वाचन आचारसंहिताको ख्याल गर्दै आआफ्नो मिडियाबाट स्वतन्त्र भूमिका खेल्न र कुनै दल वा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर सामाजिक सञ्जालमार्फत आफ्ना निजी विचारहरु सम्प्रेषण नगर्न÷नगराउन हुन हामी सम्पूर्ण पत्रकार मित्रहरूमा विनम्र अनुरोध गर्दछौँ”,काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकृत दीपक खनालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय नेपालको इतिहासमा पहिलो चोटि यही वैशाख ३१ गते ३, ४ र ६ नं. प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको दिन जति नजिकिँदैछ, त्यति नै पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीतका घटनाक्रम बढ्दै गएको देखिएको काउन्सिलको भनाइ छ ।
“कतिपय पत्रकार आफ्नो पेसागत मर्यादा भुलेर सामाजिक सञ्जाल ( फेसबुक आदि) मार्फत यो वा त्यो पार्टी तथा पार्टीको उम्मेद्वारको प्रचारमा लागेको, मत मागेको, लाइक वा कमेन्ट वा सेयर गरेको, मिथ्याङ्कपूर्ण सामग्री ‘अपलोड’ गरेको पाइएको छ” विज्ञप्तिमा भनिएको छ । काउन्सिलले आज राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा सम्पूर्ण पत्रकार र आमसञ्चारमाध्यमलाई पत्रकार र निर्वाचन आचारसंहिता पालानामा ध्यान दिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)