Aamsanchar

मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सारडा

Author Image
शुक्रवार, वैशाख २९, २०७४

मोरङ।

मोरङ व्यापार सङ्घको अध्यक्षमा पुनः सांसद पवनकुमार सारडा चयन हुनुभएको छ । ३१औँ कार्य समितिका पदाधिकारीले बिहीबार साँझ सारडालाई अध्यक्षमा निर्विरोध चयन गरेका हुन् ।

सल्लाहकारमा अविनाश बोहरा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा, वाणिज्य क्षेत्रको उपाध्यक्षमा सुशीलकुमार जोशी, उद्योग क्षेत्रको उपाध्यक्षमा सुनिल टिवडेवाला, महासचिवमा नवीन रिजाल, सचिवमा अनिलकुमार साह र प्रवक्तामा विकासकुमार लालवानी चयन हुनुभएको छ ।

यसैगरी, कार्यकारिणी सदस्यहरुमा अनुपम राठी, अनिल सारडा, दीपेश सुवेदी, पवन राठी, देवाशीष गोल्छा, ललित बोहरा, मुकेशकुमार राठी रहनुभएको छ । अन्य सदस्यमा पियुष तोदी, मनिषकुमार मारु, राजन श्रेष्ठ, सुनिलकुमार विडला र ओमप्रकाश श्रेष्ठ रहनुभएको छ ।

यसअघि पाँच दिनअघि व्यापार सङ्घको कार्यकारिणी सदस्यका लागि चुनाव भएको थियो । सो चुनावमा सांसद पवन सारडा पक्षका बहुमत व्यापारीले कार्यकारिणी सदस्य जितेका थिए ।

सो चुनावमा अध्यक्षका अर्का दावेदार राजेन्द्र राउत आफूसहित कार्यकारिणी सदस्य पदमा पराजित भएका थिए । व्यापार सङ्घका कार्यकारी सदस्यमा जुन पक्षले बहुमत ल्याउँछ त्यो पक्षले नेतृत्व चयन गर्ने प्रावधानअनुरुप पवन सारडा अध्यक्षमा चयन हुनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर