Aamsanchar

मादक पदार्थ सेवन गरी एकको हत्या

Author Image
शुक्रवार, वैशाख २९, २०७४

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका ५ स्थित चोक्टेमा बिहिबार धारिलो हतियार प्रहारबाट एक जनाको हत्या भएको छ।

हतियार प्रहारबाट सोही ठाउँ बस्ने अन्दाजी ४९ बर्षिय पृथ्वी बहादुर लामाको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। स्थानीय राम बहादुर तामाङले मादक पदार्थ सेवन गरी आपसमा वादबिवाद हुँदा धारिलो हतियार प्रहार गरेका थिए।

हत्या गरी फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा मकालु गाउँपालिका ५ च्यामताङस्थित छोरीको घरमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको हो। पक्राउ परेका उनीविरुद्ध थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर