Aamsanchar

जाँडको निगारले बालकको ज्यान गयो

Author Image
शुक्रवार, वैशाख २९, २०७४

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका ३ मा बिहिबार जाँडको निगार खाँदा एक बालकको ज्यान गएको छ।

स्थानीय भीम बहादुर तामाङको ५ बर्षिय छोरा शुसिल तामाङले आफ्नै घरमा बनाई राखेको जाँडको निगार खाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

निगार खाएर बेहोस भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)