Aamsanchar

कनकाइले एकीकरण तथा शेयर पूँजी बढाउने

Author Image
शुक्रवार, वैशाख २९, २०७४

दमक।

झापाको दमकमा मुख्य कार्यालय राखेर झापा, इलाम र मोरङ कार्यक्षेत्र बनाएर काम गर्दै आएको कन्काइ विकास बैंकले अन्य बैंकहरुसँग एकीकरण तथा शेयर पूँजी बढाउने पहल गरिरहेको जनाएको छ ।
राष्ट्र बैंकले अनिवार्य रुपमा बैंकहरुलाई असार मसान्तसम्म शेयर पूँजी ५० करोड पुर्याउन र नसकेको अवस्थामा एकीकरणमा जान गरेको निर्देशन पालनाका लागि बैंकले दुईवटै काम अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले बताए ।
४ करोड अधिकृत पूँजी, ४ करोड जारी पूँजी र २ करोड चुक्ता पूँजीमा सञ्चालनमा आएको बैंकको हाल १५ करोड चुक्ता पूँजी रहेको छ । असार मसान्तसम्ममा ५० करोड चुक्ता पूँजी पुर्याउनका लागि ३२ करोड १० लाखको ३२ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन हालिसकिएको प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले बताए ।
शेयर पूँजी बृद्धिसँगै यहाँ रहेका अन्य बिकास बैंकहरुसँग एकीकरणका लागि छलफलहरु अघि बढाइएको र छलफल सकारात्मक दिशामा गइरहेको बताउँदै उनले एकीकरण नभएको अवस्थामा बैंकले राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार शेयर पूँजी पुर्याउने कामलाई भने नरोक्ने बताए ।
बैंकका अध्यक्ष सेवक दाहालका अनुसार बैंकले अहिलेसम्म झापाको दमक, बिर्तामोड, काँकडभिट्टा, झिलझिले, गौरादह र राजगढ, मोरङको विराटनगर, खोर्साने र पथरी, इलामको राँके, मंगलबारे र बिब्ल्याटेमा शाखा सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर