Aamsanchar

गैर आवासीय नेपाली संघ म्याड्रिडको अधिवेशन सम्पन्न

Author Image
शुक्रवार, वैशाख २९, २०७४

म्याड्रिड ।  गैर आवासीय नेपाली संघ म्याड्रिडको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनवाट नयाँ कार्यसमितिको अध्यक्षमा सर्वसम्वत रुपमा उत्तर कुमार राई अध्यक्षमा सर्वसम्वत चयन भएकाछन। त्यस्तैगरि उपअध्यक्ष मेघनाथ ढकाल, कोषाध्यक्ष, गोपाल राज सिल्पकार, सचिवमा प्रेमराज घिमिरे चयन भएका छन भने सहसचिव जानु गुरुङ र सदस्यहरुमा सिसम गुरुङ, मुना बोम्जन चयन भएका छन ।

१५ जनाको कार्य समिति रहने विधान रहेकोमा बाकी कार्यसमिति सदस्यहरु भने मनोनित प्रक्रियावाट छनौट गर्ने जनाईएको छ ।
अधिवेशनमा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष अधिवेशनका प्रखुख अतिथि मुक्त गुरुङ, निबर्तमान अध्यक्ष रोशन पाठकले नयाँ निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका थिए । सोहीदिन अध्यक्ष कुमार राईलाई संघको सम्पूर्ण कागजातहरु हस्तान्तरण गरिएको थियो ।

राजनैतिक, जातिय तथा छेत्रीय संस्थाहरु बाट टाडा रहेर सारा मेड्रीड बासी नेपालिहरु लाई गैर आवासीय नेपाली संघ मेड्रीड भित्र अटाउनु पर्छ भन्ने भनाई राख्दै आगमी दिनहरुमा सबैको सरसल्लाह अनि सहयोगले आफु संस्था प्रति निरन्तर क्रियाशिल रहने अध्यक्ष राईले आफ्नो स्वीकारयुक्ती मन्तव्यको क्रममा भनेका थिए ।

तेसैगरि एन आर एन ए स्पेन केन्द्रिय सचिव जीबन प्रसाईले गैर आवसीय नेपालीहरुको एकता नै हाम्रो बल हो र एक ढिक्का भएर अघिबढनु पर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर