Aamsanchar

झापामा नर्सिङ दिवस

Author Image
शनिवार, वैशाख ३०, २०७४

झापा।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा अस्पताल, नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले शुक्रबार झापाको बिर्तामोडमा ¥यालीको आयोजना गरेका थिए ।

¥यालीमा बिर्तामोडस्थित विर्ता सिटी हस्पिटल, वि एण्ड सी हस्पिटल, कनकाई हस्पिटल, कञ्चनजंगा नर्सिङ कलेज लगायतमा कार्यरत नर्सिङ कर्मचारीहरुले बिर्तामोड नगरको परिक्रमा गरेका थिए । विभिन्न सचेतनामूलक प्ले कार्डसहितको ¥याली पुनः दुर्गामन्दिरमै आएर सभामा परिणत भएको थियो ।
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आव्हानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । १९७ औं दिवसको यो वर्षको नारा हामी सबैको धारणा, स्वास्थ्य दीगो विकासको कामना तय गरिएको छ । आम नागरिक र समुदायसँग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।
विर्तामोडस्थित दुर्गा मन्दिर परिसरबाट शुरु भएको ¥याली नगर परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । सभामा मेट्रोनहरु विर्ता सिटी हस्पिटलकी पुष्पा न्यौपाने, वि एण्ड सी हस्पिटलकी दुर्गा चापागाई, कनकाई हस्पिटलकी सीता दाहाल र कञ्चनजंगा नर्सिङ कलेजकी रुची शिवाकोटी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विर्तामोड क्षेत्रका अस्पतालहरुमा कार्यरत तीन सय भन्दा बढी नर्सिङ स्टाफहरुको सहभागिता रहेको बिर्ता सिटी हस्पिटलकी कविता नेपालले जानकारी दिइन् ।
नर्सिङ पेशाप्रति बढ्दो आकर्षणका कारण संख्या बढेपनि त्यसको व्यवस्थापन हुन नसक्दा बेरोजारी बढेको र भएको रोजगारी पनि शहर केन्द्रित भएकाले समस्या बढ्दै गएको छ । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाई अहिले नर्सहरुले भोगिरहेको मुख्य समस्या देखिएको नर्सहरुको गुनासो छ ।
विकसित मुलुकमा ६ सय देखि ८ सय जना जनसंख्याका लागि एक जना नर्स र सामान्यतया तीन जना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एक जना नर्सले २० देखि ३० जना बिरामी हेर्नुपरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर