Aamsanchar

दिक्तेलमा एटीएम सेवा सुरु

Author Image
शनिवार, वैशाख ३०, २०७४

खोटाङ ।

खोटाङको दिक्तेलमा पनि एटीएम सेवा सुरु भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तलले एटीएम सेवा सुचारु गरेको हो । बैंकका प्रबन्धक सिरोमणि बरालले मसिनको उद्घाटन गरेका हुन् ।

हाल ४० हजार ग्राहक रहेको बैंकमा ६०० जनाले एटीएम कार्ड बनाइसकेको बैंकले जनाएको छ ।

Views: 134

प्रतिक्रिया (०)