Aamsanchar

मतदान अधिकृत रक्सीले मातेको भेटिएपछि हटाइए

Author Image
शनिवार, वैशाख ३०, २०७४

दैलेख,

वैशाख ३१ गतेको मतदान कार्य सञ्चालन गर्नुपर्ने मतदान अधिकृत आफै रक्सी खाएर उन्मत्त भएको पाएपछि जिम्मेवारीबाट हटाइएको छ ।

नारायण नगरपालिका-११ बिन्ध्यवासिनीको रैनादेवी मावि (ख) मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर खत्रीले मतदान प्रक्रियाका काम समेत गर्नै नसक्ने गरी अत्याधिक रक्सी खाइरहेको भन्ने स्थानीय बासिन्दाको गुनासोका आधारमा अनुसन्धान गरी उहाँलाई हटाइएको हो ।

स्थानीय बासिन्दाको गुनासो पुष्टी भएपछि जीतबहादुर खत्रीलाई निलम्वन गरी उहाँको ठाउँमा टीकाराम थापालाई खटाइएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभयो । मतदान अधिकृत थापाले शनिबार नै मतदान केन्द्रमा काम सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर