संखुवासभा,

मकालु गाउँपालिका-५ चोक्टेमा ६५ वर्षका रामबहादुर तामाङले ४९ वर्षका पृथ्वीबहादुर तामाङको हत्या गरेका छन् ।

लामा पढाउनका लागि रामबहादुरले पृथ्वीबहादुरलाई बोलाउन गएको तर पढाउन नमानेपछि खुकुरी प्रहार गरि हत्या गरेको डिएसपी गौतमकुमार केसीले बताउनुभयो ।

लामा पढाउने बिषयमा सामान्य बिबाद भएपछि रामबहादुरले बिहीबार खुकुरी हानेका थिए । घटनापछि भागेका रामबहादुरलाई प्रहरीले शुक्रबार बेलुका सवाङ भन्ने ठाउँबाट पक्राउ गरेको छ ।

Views: 155

