Aamsanchar

निर्वाचनको प्रत्यक्ष असर बजारमा, आज कारोबार नहुने

Author Image
शनिवार, वैशाख ३०, २०७४

बिर्तामोड ।

निर्वाचनको प्रत्यक्ष असर बजारमा परेको छ । आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै सेयरको कारोबार नहुने देखिएपछि प्रत्यक्ष असरपरेको छ ।

गत विहिबार बजार बन्द हुदा नेप्से सुचकअघिलो साता भन्दा ५।४ अंकले बढेर १६५८।५८ अंकमा बन्द भएको थियो ।गत साताको पहिलो दिन पनि पूजी बजार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको थियो । आइतबार नेप्से १६२८।९२ अंकमा बन्द भएको थियो । गत सोमबार देखि पुजीबजारमा सुधार देखिएको थियो तर बजार बढे पनि कारोबारमा कमि आएको थियो ।
बिहिबार पहिलो चरणको चुनाव अगाडिको अन्तिम कारोबारमा ९२ करोड बराबरको कारोबार भएको थियो । गत साता जम्मा २ अर्ब ६६ करोड ६१ लख ५१ ह्जार रुपैयाको कारोबार भएको थियो ।यो अघिलो साता भन्दा करिब ५७ करोड रुपैया भन्दा कम हो । यसै बिच गत साता झापामा करिब २ करोड ८० लाख बराबरको कारोबार भएको थियो ।
गत साता सेयर बजारका लगानीकर्ता जलविदृयत कम्पनी तर्फ तानिएका थिए । जसका कारण गत साता सेयर मूल्य धेरै बढ्ने कम्पनीको सूचीमा जलविदृयत कम्पनीहरुको बर्चश्रव देखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर