काठमाडौं,

बेलुका सात बजेपछि गाडी चलाउन पाइने भएको छ । स्थानीय चुनावका लागि भन्दै आइतबार बिहान ५ बजेदेखि गाडी चलाउन रोक लगाइएकोमा बेलुका सात बजेपछि चलाउने पाइने भएको हो ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निर्वाचन आयोगबाट पास लिएका गाडीमात्र आइतबार चलाउन दिएको ट्राफिक प्रहरीले बेलुका सात बजेदेखि पास नलिएका गाडी पनि चलाउन पाइने जनाएको छ ।
Views: 176

