ताप्लेजुङ,

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका २६ वर्षिय टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बुको हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सबाहाङलाई दुई तीन जनाको समूहमा आएका मानिसले खुकुरी हानेका थिए । हत्या आरोपमा फुरुम्बुका सुमन लिम्बु पक्राउ परेका छन् भने अरु फरार रहेका प्रहरीले जनाएको छ ।
Views: 129

