Aamsanchar

अधिकारी बन्धुको दोस्रो सभा

Author Image
सोमवार, जेठ १, २०७४

बिर्तामोड।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिको अध्यक्षमा केयरसिंह अधिकारी चयन भएका छन् । संस्थाको दोस्रो साधारणसभाले केयरसिंहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षत्रयमा गोपाल अधिकारी, मणिराम अधिकारी, देवीमाया अधिकारी, सचिव खड्ग अधिकारी, सहसचिव जगनाथ अधिकारी, कोषाध्यक्ष होमप्रकाश अधिकारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा नयन अधिकारी, टिका अधिकारी, पवित्रा अधिकारी, शिवलाल अधिकारी, विष्णु अधिकारी, इन्द्रप्रसाद अधिकारी, नरेन्द्रप्रसाद अधिकारी, बेनुकान्त अधिकारी रहेका छन् । संस्थाका नगर अध्यक्ष केयरसिंह अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खेमराज अधिकारी, नरेन्द्र अधिकारी, शेखरनाथ अधिकारी, चिरञ्जिवि अधिकारी, देवराज अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा संस्थालाई एककठ्ठा जग्गा प्रदान गर्ने गंगामाया अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष केयरसिंहले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष होमप्रकाश अधिकारीले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष मोहनप्रसाद अधिकारीले भवन निर्माणका लागि २५ हजार र अक्षयकोषका लागि ११ हजार रुपैयाँ नगर समितिलाई सहयोग गर्ने घोषणा गरेका थिए । जगनाथ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका नगर सचिव गोपाल अधिकारीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर