Aamsanchar

मौन अवधिमा ३९ मिडियाका ७६ सामग्रीमा आचारसंहिता उल्लंघन

Author Image
सोमवार, जेठ १, २०७४

काठमाडौँ।

स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।
प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा जेठ १ गते आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेकाछन् भने त्यसैगरी पत्रकार र तिनले प्रयोग गर्ने फेसबुकबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाइएको छ ।
मौनअबधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको काउन्सिलले सम्वन्धित उल्लंघनकर्तालाई तत्काल एलर्ट गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन गरिरहेको छ । मौन अवधि शुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका ११५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाईएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर