Aamsanchar

विर्तामोड १ नं. वडामा राप्रपाको सबै उम्मेद्वार महिला

Author Image
मङ्गलवार, जेठ २, २०७४

राप्रपा झापाले स्थानीय तहको निर्वाचनको लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा सवै महिला उम्मेद्वार उठाएको छ । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको वडा नम्वर १ मा राप्रपाले पाँच पदमा महिलालाई उम्मेद्वार छानेको हो ।


बिर्तामोड नगरपालिका वडा नम्वर १ को वडा अध्यक्षमा शारदा रिजाल, दलित तर्फ मीना दियाली, खुल्ला सदस्यमा मुना कुमारी विष्ट , सीता काफ्ले र महिला सदस्यमा सुमित्रा अधिकारीलाई चयन गरीएको निर्वाचन परिचालन समितीका संयोजक डम्वर थापाले जानकारी दिनुभयो ।

महिला मैत्री बनाउन सवै सक्षम महिलालाई उम्मेद्वार बनाएको सो पाटीले जनाएको छ । विर्तामोड नगरालपालीकाको मेयरमा राप्रपाले यस अघिनै भक्ति सिटौलाको नाम सार्वजनिक गरीसकेको छ । त्यस्तै उपमेयरमा संचारकर्मी लिला अनमोल लाई उम्मेद्वार वनाएको छ । विर्तामोडका अन्य सवै वडामा उम्मेद्वारको छनौट चाडै गरीने संयाजक थापाले वताउनुभयो ।

गोलधापमा चुनावी सभा

स्थानी तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै राप्रपाले झापामा दोस्रो चरणको निर्वाचन प्रचारको लागी आज गोलधापमा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्वोधन गर्दै महामन्त्री राजेन्द्र लिङ्गदेनले विकाशको दृष्टिकोणले हल्दिीवारी गाउपालीकालाई नमुनाको रुपमा प्रस्तुत गरीने वताउनुभयो ।

झापामा राष्ट्रवादी भावना जागरुक भएको विश्वास व्यक्त गर्दै उहाले पुरै देशलाई सुखद सन्देश दिने गरी दोस्रो चरणको निर्वाचनमा नतिजा राप्रपाको पक्षमा हुने वताउनुभयो । । राप्रपा हल्दिवारी गाउपालीकाले आयोजना गरेको कार्यक्रममा राप्रपाका महामन्त्री लिङ्गदेन , केन्द्रियहरु सदस्य भक्ति सिटौला र कोमल ओली , जिल्ला अध्यक्ष अम्वर विष्ट, जय वहादुर श्रेष्ठ , हल्दिवारी गाउपालीकाका अध्यक्षका उमेद्वार रविन्द्र लिङ्गदेन लगायतले सम्वोधन गर्नुभएको थियो ।

कुमार राईले स्वगत गर्नुभएको कार्यक्रम हल्दिवारी गाउपालीकाका अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर