Aamsanchar

युनाइटेड रिभर साइडमा सञ्जीव

Author Image
मङ्गलवार, जेठ २, २०७४

बिर्तामोड।

युनाइटेड रिभर साइड युवा फाउण्डेशन बिर्तामोडको अध्यक्षमा सञ्जीव चापागाँई चयन भएका छन् । संस्थाको तेस्रो साधारणसभाले चापागाँईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षत्रयमा तारा कार्की, राज पौडेल, ओम खड्का, लक्ष्मी पराजुली, सचिव रेवती खनाल, सहसचिव राजु गिरी र कोषाध्यक्षमा उमेश खरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रणदेव हजाम, आकस्मिक प्रधान, किरण थापा, तुलसी खनाल, युवराज ढकाल र कृष्णमाया घिमिरे रहेका छन् । समितिको एक सदस्य प्रथम बैठकले मनोनित गर्ने बताइएको छ । संस्थाका अध्यक्ष लव घिमिरेको अध्यक्षता तथा डिल्ली प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तारा कार्कीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष बलभद्र प्रसाईं, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्की, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव ओमकृष्ण विमली, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरी, नेपाल उद्यमशील महिला महासंघकी झापा अध्यक्ष पार्वता खरेल विमली, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका अध्यक्ष सजेश शिवाकोटी, डा. प्रल्हाद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष घिमिरेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष उमेश खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सञ्जिव चापागाईंले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर