Aamsanchar

‘’नेपाली लगानीमा युएईको अबुधाबीमा थपियो नयाँ रेस्टुरेन्ट’’

Author Image
मङ्गलवार, जेठ २, २०७४

भरत शिवाकोटी,

  [युएई]

वैदेशिक रोजगारीका निमित्त निक्कै नै सुरक्षित गन्तव्य मानिएको युएईमा नेपालीहरु विभिन्न व्यवसाय प्रति आकर्षित हुँदै एकपछि अर्को व्यवसायमा लगानी तथा संचालनको क्रम बढ्दै गइरहेको छ | यिनै विभिन्न व्यवसायहरु मध्ये धेरै नेपाली लगानीकर्ताहरुको रोजाई बन्न पुगेको होटेल अथवा रेस्टुरेन्ट व्यसाय एक हो र यहि क्षेत्रमा ओखलढुंगाका राजनजंग राई, बुटवलका रेशम थापा, धरानका चन्द्र श्रेष्ठ र पोखराका सुक परियार गरि ४ जना मिलेर गत १५मे २०१७ अर्थात २०७४ जेठ १ गतेबाट युएईको राजधानी अबुधाबीमा ‘अल मसेफ रेस्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन |

गत आइतबार अपरान्ह रेस्टुरेन्टका संयोजक रहेका राजनजंग राईले केक काटेर उदघाटन गरेको समारोहमा युएईमा सफल व्यवसायीको रुपमा रहेको नमस्ते ट्राभलका सञ्चालक एकेन्द्र थापा, कान्तिपुर ट्राभलका सञ्चालक सन्दिप खड्का, भान्छाघर नेपाली रेस्टुरेन्टका सञ्चालक विकाश अधिकारी, सनराइज बैंकका प्रतिनिधि संजित सिंह, गायक प्रकाश पौडेल लगायतले रेस्टुरेन्ट संचालनमा ल्याउने व्यवसायीहरुलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए भनेअबुधाबीमा कार्यरत नेपाली व्यावसायीहरु, सामाजिक संघ-संस्थाका प्रतिनिधिहरु र सर्वसाधारण नेपालीहरु तथा अन्यको समेत उपस्थिति रहेको थियो |

क्यानेडियन मेडिकल छेउ,गल्फ ब्राइड सैलुन अगाडी रहेको अल मसिफ रेस्टुरेन्ट विगत देखि नै संचालनमा रहेपनि नेपाली व्यवस्थापन तथा लगानीमा शुरुवात गरिएको र रेस्टुरेन्टको नाम छिटै नै परिवर्तन गरि नेपाली नाम राखिने संचालक सदस्य रोशन थापाले जानकारी दिएका छन | नेपाली दुतावास नजिकै रहेको रेस्टुरेन्टमा विभिन्न प्रकारका नेपाली खानाका साथमा इन्डियन,चाइनिज एवं एशियन खानाका परिकारहरु उपलब्ध हुने र निःशुल्क डेलिभरीको सुविधा तथा नेपाली चाडपर्व विशेष परिकारहरु समेत पाइने सञ्चालकहरुले जानकारी दिएका छन ।

रेस्टुरेन्ट उद्घाटन कार्यक्रममा विगत १५ बर्षदेखि युएईमा कार्यरत राजनजंग राई, ६ बर्षदेखि कार्यरत रोशन थापा तथा चन्द्र श्रेष्ठ र ३ बर्षदेखि कार्यरत सुक परियारले पहिलोपटक होटेल व्यवसायमा लगानी गरेको र सबैको साथ र सहयोगमा सफलता हासिल गर्ने विश्वास गरेका छन भनेउनिहरुले कार्यक्रम सफल बनाइदिनुहुने सबैप्रति धन्यवाद ब्यक्त गर्दै ग्राहकको चाहनालाई पुरा गर्ने प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)