Aamsanchar

पिकअप भ्यानको ठक्करबाट बृद्धको ज्यान गयो

Author Image
मङ्गलवार, जेठ २, २०७४

झापा।

झापाको बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबरमा मंगलबार पिकअप भ्यानको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने दुई जना घाईते भएका छन्।

ठक्करबाट ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ७१ बर्षिय पदम बहादुर सार्की रहेका छन्। उनलाई भित्री सडक खण्डमा बिर्तामोडबाट इरौटारतर्फ जाँदै गरेको गरेको मे १ ज १२४९ नम्बरको पिकअप भ्यानले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।

ठक्करबाट घाईते सार्कीलाई उपचारकालागी बिएण्डसी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ।

त्यस्तै पिकअपमा सवार सवार ईलाम इरौटार ९ बस्ने बेनु कुमारी मगर र झापा बुद्धशान्ति गाउँपालिका ६ बस्ने जगत बहादुर बि.क. घाईते भएका छन्।

घाईते दुबैलाई उपचारकालागी बिएण्डसी अस्पताल बिर्तामोड पठाईएको छ भने चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर