Aamsanchar

समाजबादीको झापा गाउँपालिकामा गौरीशंकर

Author Image
बुधवार, जेठ ३, २०७४

बिर्तामोड।

संघीय समाजबादी फोरम नेपालको झापा गाँउ कमिटी गठन भएको छ । झापा गाँउपालिका वडा नं.–३ मा मंगलबार भएको एक कार्यक्रमकाबीच गौरीशंकर राजवंशीको अध्यक्षतामा ४३ सदस्य झापा गाउँ कमिटी गठन भएको हो ।

 

कमिटीको उपाध्यक्षद्वयमा तेजनारायण गणेश, मो. ताहीर, सचिवमा प्रदीपराज जोशी, सहसचिवमा वरतलाल राजवंशी र कोषाध्यक्षमा रञ्जीत यादव रहेका छन् । तत्कालीन शरणमती, टाघनडुब्बा र कुमरखोद गाविसका समितिहरुलाई समायोजन गरेर झापा गाउँपालिका कमिटी गठन गरेको सदस्य मोहम्मद मियाँले जानकारी दिए ।
संघीय समाजबादी फोरम नेपाल झापाका अध्यक्ष धिरेन लावतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नवगठित कमिटीका पदाधिकारीहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । संघीय संरचना अनुसार पार्टीको कमिटी गठन प्रक्रियालाई तीब्र बनाइएको उक्त पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर