Aamsanchar

जेष्ठ मातालाई सम्मान

Author Image
बुधवार, जेठ ३, २०७४

सुरुङ्गा,

निरौला वन्धु सेवा समाज कनकाई शाखाले नगर क्षेत्र भित्रका निरौला वन्धु मध्येका ६ जना जेष्ठ माताहरुलाई एक विशेष कार्यक्रमका साथ दोसल्ला ओढाएर फलफूल तथा खाद्य सामग्री वितरण गरी सम्मान गरेको छ ।
समाजका जेष्ठ नागरीक जिउँदा तिर्थ हुन्, सम्मान गर्नु हाम्रो दायित्व हो भन्ने अभियानलाई सार्थक वनाउँन निरौला वन्धु कनकाई शाखाले हरेक वर्ष जेष्ठ माता र पितालाई पालैसँगले संझने गरेको शाखाका कार्यवाहक अध्यक्ष गुरुप्रसाद निरौलाले वताएका छन् ।

कनकाई नगरपालिका १ स्थित दिननाथ निरौलाको घरमा सम्पन्न निरौला वन्धुहरुको गोठधुप सहितको सम्मान कार्यक्रममा भागीरथा निरौला(९७), लक्ष्मी निरौला(८९), विष्णुमाया निरौला(८४),पवित्रा निरौला(७९), सावित्रा निरौला(७६) र धातृका निरौला(७५) लाई सम्मान गरेको वताइएको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै शाखाका सचिव रामप्रसाद निरौलाले शाखाको आयव्यय विवरण सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शाखाका कार्यवाहक अध्यक्ष गुरुप्रसाद निरौलाको सभापतित्व एवं निरौला वन्धु सेवा समाज केन्द्रिय समितिका अध्यक्ष धर्मानन्द निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेमकुमारी निरौला र जीवनाथ निरौलाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शाखा सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर