Aamsanchar

वसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Author Image
बुधवार, जेठ ३, २०७४

झापा।
पूर्व – पश्चिम राजमार्ग अन्र्तगत झापाको शिवसतासी नगरपालिका – ११ प्रणामी मन्दिर नजिकै यात्रुवहाक वसले बुधबार साँझ मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसतासी नगरपालिका –७ निवासी ३५ वर्षीय युवराज खरेल र सोही ठाउँ निवासी २५ वर्षीय सावित्रा संग्रैला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काका अनुसार पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको मे १ ख २५३७ नम्वरको यात्रुवहाक बसले विपरित दिशा तर्फ जाँदै गरेको मे ७ प ८४४२ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उनीहरुको मृत्यु भएको हो ।
वसको ठक्करबाट गम्भीर घाइते भएका उनीहलाई बिर्तामोड स्थित विएण्डसी हस्पिटलमा उपचारका लागि ल्याइपनि उनीहरुको अस्पताल ल्याइए लगत्तै मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताउनुभयो ।

Views: 189

प्रतिक्रिया (०)