चारपाने ४ जेठ । देशकोलागि ऐतिहासिक उपलव्धीको रुपमा लिईएको स्थानिय तहको निर्वाचनको मिति तोके संगै स्थानिय नागरिकहरुमा छाएको खुशीयालीले गाउ“ देखि सहर सम्म देख्न सकिन्छ भने चुनावी रन्को चलेको छ यसवेला त्यसै क्रममा राप्रपाले विर्तामोड नगरको २ वटा वडा बाहेक ८ वटा वडाका अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ । साथै चुनावी घरदैलो अभियानको सुरुवात पनि गरेको छ ।
विहिबार विर्तामोड २ चारपाने चौकमा बटुकहरुवाट वैधिक विधिपूर्वक स्वस्ती वाचन गराई विर्तामोड नगर मेयरका उम्मेदवार भक्ती सिटौलाले नगर उपमेयर र वार्डका अध्यक्ष सदस्य उम्मेदवारको नामवली सार्वजनिक र चुनाव प्रचार प्रसार कार्यक्रमको औपचारिक सुरुवात भएको घोषणा गरेका छन ।
घोषित उम्मेदवारमा विर्तामोड उपमेयरमा लिला अनमोल, वार्ड नं. १ वाट अध्यक्षमा सारदा रिजाल, वार्ड २ मा शंकर रिजाल, ३ मा दिपककुमार मास्के, ४ वाट खगेन्द्र थापा, ५ मा चन्द्र गिरी, ६ नं. वडामा विष्णु गिरी, ८ नं. वाट अजय कार्की र ९ नं. वडा अध्यक्षमा प्रकाश बुढाथोकीको नाम सहित सबै वडाका सदस्य उम्मेदवारको नाम घोषणा गरेका थिए मेयरका उम्मेदवार सिटौलाले । १० वटा वडा भएको विर्तामोडको ७ र १० नं. वडा अध्यक्षको नामवली भने केहीदिनमा सार्वजनिक गरिने बताईएको छ ।