Aamsanchar

प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै हुनुपर्छ–नेता खनाल

Author Image
बिहिवार, जेठ ४, २०७४

झापा।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पहिलो र दोस्रो चरणको निर्वाचनको मिति महिना दिनको फरक राख्नाले नकारात्मक असर पारेको बताउनुभएको छ ।
आज झापाको बिर्तामोडमा पत्रकाहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले स्थानीय तहको पहिलो चरणको चुनावमा गरिएका राजनीतिक दलका तालमेलले ‘हावा’ खाएको र निर्वाचनको मिति बीचको दूरी लामो हुनुले नकरात्मक असर परेको छ भन्नुभयो । नेता खनालले अहिलेको तालमेलले कुनै काम नकाटेको र दोस्रो चरणको निर्वाचनका लागि को संग कसरी तालमेल गर्ने पार्टीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ भन्नुभयो ।
स्थानीय तहको निर्वाचनले देशले बैधानिक गति लिएको बताउँदै उहाँले भन्नुभयो–‘ अब प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमा नै हुनुपर्छ ।’
संविधान संशोधन संघीय संसदले मात्र गर्नसक्ने भन्दै स्थानीय तहको निर्वाचन अघि कुनै पनि कुरा संशोधन गर्न सकिँदैन नेता खनालले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)